सिम कार्ड ह्याक हुने खतरा र बच्ने उपाय
ह्याकरले अब केवल फोन, कम्प्युटर होइन, तपाईंको सिम कार्डलाई पनि निशाना बनाउन सक्छन्। हो, तपाईंको सिम कार्ड ह्याक हुने खतरा दिनानुदिन बढ्दै गएको छ। यसले तपाईंको व्यक्तिगत जानकारी, बैंक खाता, सामाजिक सञ्जाल अकाउन्टसम्म नियन्त्रणमा लिन सक्छ।
१. सिमज्याकर आक्रमण – SMS बाट ह्याकरको प्रवेश
२०१९ मा खुलासा भएको SIMjacker आक्रमणले सिम कार्डमा रहेको S\@T ब्राउजर प्रयोग गरेर ह्याकरले SMS को माध्यमबाट जासुसी गर्न सक्छ। यदि तपाईंले त्यस्तो SMS खोलेमा तपाईंको कल, मेसेज र लोकेसन ह्याकरको नियन्त्रणमा जान सक्छ।
२. सिम स्वापिङ – तपाईंकै सिम तपाईंविना अर्काले प्रयोग गर्ने?
सिम स्वापिङमा ह्याकरले तपाईंको नाममा मोबाइल सेवा प्रदायकलाई नयाँ सिम दिन झुक्याउँछ। अनि तपाईंको सिम निष्क्रिय हुन्छ, तर ह्याकरको डिभाइसमा तपाईंको नम्बर चलिरहेको हुन्छ – जस्को प्रयोग गरेर तपाईंका बैंक तथा सामाजिक अकाउन्टमा प्रवेश गर्न सकिन्छ।
३. सिम क्लोनिङ – सिमको नक्कल बनाउने खतरा
सिम क्लोनिङले तपाईंको सिमको पूर्ण नक्कल बनाउँछ। यसमा तपाईंको सिमको जानकारी अर्को सिममा कपी गरिन्छ र ह्याकरले त्यसको प्रयोग गरेर तपाईंका निजी डाटा चोर्न सक्छ।
कसरी जोगिने? तपाईंको सिम सुरक्षित राख्ने ५ उपाय
1. सिम कार्डमा PIN सेट गर्नुहोस्
– Android वा iPhone सेटिङ्सबाट सिम कार्ड लक सक्रिय गर्नुहोस्।
2. सोसल इन्जिनियरिङबाट सतर्क रहनुहोस्
– फेसबुक प्रोफाइल निजी राख्नुहोस्, अपरिचितलाई जानकारी नदिनुहोस्।
3. SMS आधारित 2FA सट्टा Authenticator App प्रयोग गर्नुहोस्
– Google Authenticator वा Authy प्रयोग गरेर अझ सुरक्षित 2FA अपनाउनुहोस्।
4. बलियो पासवर्ड र सुरक्षात्मक प्रश्न प्रयोग गर्नुहोस्
– सबै अकाउन्टका लागि फरक र बलियो पासवर्ड राख्नुहोस्।
5. फोन सुरक्षित राख्नुहोस् र शंकास्पद गतिविधिबाट सतर्क रहनुहोस्
– सन्देहास्पद लिंक र SMS नखोल्नुहोस्, सिम चोरी भए तुरुन्तै सेवा प्रदायकलाई खबर गर्नुहोस्।
सिम ह्याकिङ एक खतरनाक डिजिटल आक्रमण हो जुन तपाईंको सम्पूर्ण डिजिटल जीवन तहस-नहस गर्न सक्छ। सजग रहनुहोस्, सुरक्षा उपायहरू अपनाउनुहोस् र आफ्नो सिम कार्डलाई बलियो सुरक्षा कवच दिनुहोस्।